Bisal Chautari Logo

चलचित्र ‘डिग्री माइला´ को  टिजर सार्वजनिक

- ७ फाल्गुन २०८०, सोमबार १८:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,  २०८० फागुन ७ सोमवार
निर्देशक रामबाबु गुरुङको चलचित्र ‘डिग्री माइला´ को  टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरमा निर्माण टिमले चलचित्रको मुख्य कलाकारहरुलाई  प्रस्तुत गरेका  छन् ।

नयाँ वर्ष २०८१ लाई चलचित्रलाई प्रदर्शन मिति  घोषणा गरिएको छ । दयाहाङ र आँचलको शीर्ष भूमिका रहेको सोसल-ड्रामा चलचित्रले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर जसले पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन ।

आदर्शवादी लाग्ने यो चरित्रले शैक्षिक बेरोजगारीमाथि व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गरेका छन् । यसअघि सोही नाममा दयाहाङ निर्देशित नाटक समेत मञ्चन भइसकेको छ ।

चलचित्र निर्माणमा बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सनले सहकार्य गरेका छन् । ओखलढुंगा र काठमाडौंमा छायांकन भएको चलचित्रमा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे समेत अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई चलचित्रले बटमलाइन बनाएको छ ।

प्रतिक्रिया