Bisal Chautari Logo

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको नयाँ कार्यसमिति चयन, अध्यक्षमा बम थापा

- २ पुष २०८०, सोमबार ००:४० मा प्रकाशित


विशाल चौतारी समाचार
युके, २०८० मंसिर २९ शुक्रवार ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको अध्यक्षमा बम थापा सूर्यवंशीमगर निर्वाचित भएका छन् । फोनिज युकेको शनिबार अल्डरसटमा सम्पन्न चौथो अधिवेसनले सूर्यवंशीको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष लीला सेलिङ माबो, सचिव अमित थेबे, सहसचिव तेज माबो, कोषाध्यक्ष डा महा राई र सदस्यहरूमा जेबी राई, विश्वजीत थापा, पम्फा गुरुङ, रोमियन वनेम, ईश्वर चाम्लिङ राई र रूद्र थापा रहेका छन् ।

नयाँ कार्यसमिति चयनका लागि पूर्व अध्यक्ष विश्वासदीप तिगेलाको संयोजकत्वमा तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको थियो जसमा पूर्व अध्यक्षहरू प्रमिला लाबुङ राई र किरण टी लिम्बु रहेका थिए । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक तिगेलाले सपथ गराएका थिए भने नवनिर्वाचित अध्यक्ष सूर्यवंशीले प्रतिवद्धता मन्तब्य ब्यक्त गरेका थिए ।

यसअघि सम्पन्न उद्घाटन सत्रमा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका पूर्व सचिव भक्त दुरा, दुरा सेवा समाज युकेका अध्यक्ष फाराम दुरा, मगर संघ युकेका पूर्व अध्यक्ष सुनिल राना, वर्तमान उपाध्यक्ष रूद्र थापा, किरात राई यायोख्या युकेका अध्यक्ष चन्द्रबहादुर राई, कार्यबाहक महासचिव ईश्वर चाम्लिङ राई, शिव कल्चरका अध्यक्ष वाचस्पति रेग्मी, सल्लाहकारहरू एकेन्द्र गुरुङ, नरेश खपाङ्गीमगर, संस्थापक अध्यक्ष पूर्ण गुरुङ, पूर्व अध्यक्षहरू किरण टी लिम्बु, विश्वासदीप तिगेला र प्रमिला लाबुङ राई, विशाल चौतारीका पत्रकार, विशाल राई लगायतले अधिवेसनको सफलताको शुभकामना दिएका थिए ।

अधिवेसनमा सचिव लीला सेलिङ माबोले संगठनको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको अनुपस्थितिमा अध्यक्ष गोमा रानाले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । अध्यक्ष गोमा रानाको अध्यक्षता तथा सचिव लीला सेलिङले सन्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष बम थापा सूर्यवंशीमगरले स्वागत मन्तब्य दिएका थिए ।

विमला सेनेलाई सम्मान, मिलन तमुलाई पुरस्कार

यसैबीच विगत वर्ष झैं युकेका नेपाली समाजमा पत्रकारिताको माध्ययमबाट योगदान पुर्‍याएबापत पत्रकार विमला सेनेलाई सम्मान र गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुलाई नगद १०० पाउण्डको पुरस्कार प्रदान गरियो । नगद पुरस्कारको सौजन्य निवर्तमान अध्यक्ष गोमा रानाले गर्नुभएको थियो । अध्यक्ष रानाको सभापतित्वमा भएको अधिवेशनलाई सचिव लिला सेलिङ माबोले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया