Bisal Chautari Logo

हरिवंश र दयाह्याङलाई लिएर `भुठान´ बनाउने घोषणा

- १७ मंसिर २०८०, आईतवार १७:५५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०८० मंसिर १७ आइतवार।
चलचित्र ‘बुलबुल’ निर्देशक विनोद पौडेलले आफ्नो निर्देशनमा बन्ने दोस्रो चलचित्रको घोषणा गरेका छन् । नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ शीर्षक राख्दै घोषणा गरिएको चलचित्रमा अभिनेता हरिवंश आचार्य र दयाह्याङ राई मुख्य भुमिकामा छ्न् । चलचित्रमा हलिउडका एक नामी कलाकारलाई पनि अनुबन्ध गर्न लागिएको जनाइएको छ । चलचित्रमा  अस्कर जितेका स्टार झाउ पनि एसोशियट निर्मातामा छन् । शैलेश मैनाली, दिपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं) ,राजु पौडेल, संजीव भार श्रेष्ठ र नवराज पराजुलीको भने सह-निर्माण रहनेछ । चलचित्रमा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी, सुर्य शाहीको कास्टिङ्ग, विमल सुवेदीको प्रोडक्सन डिजाइन तथा बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ ।अमेरिकामा छायांकन हुने चलचित्रमा अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन र विमल सुवेदीको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया