Bisal Chautari Logo

बैदेशिक रोजगारी स्रस्टाहरुको ‘साक्षत्’ बिमोचित

- २८ माघ २०७०, मंगलवार ०९:४५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २८ माघ ।
बजारमा एल्बमहरु धेरै किसिमका प्रत्येक दिन विमोचन हुदै आएको छ । यस्तै क्रममा बैदेशिक रोजगारीको सिलसिलामा विदेशमा पुगेका नेपाली स्रष्टाहरुको सिर्जनालाई समेटेर तयार पारिएको गीतिसंग्रह एल्बम ‘साक्षता’ भाग १ र भाग २ को बिमोचन गरिएको छ । आज राजधानि एक पत्रकार सम्मेलनको आयोजना गरी एल्बम सार्वजनिक गरिएको थियो ।
गीतकार डा.कृष्णहरी बरालको आतिथ्यतामा एल्बम ‘साक्षात्–१’ र ‘साक्षत्–२’ को बिमोचन गरिएको हो । आयोजित कार्यक्रममा गीतकार भावेश भुमरी, संगीतकार सन्तोष श्रेष्ठ, चलचित्र पत्रकार संघका पुर्व अध्यक्ष शान्तिप्रिय, साहित्यकार नेत्र एटम लगायतले एल्बमको बिमोचन गरेका थिए । गीतकार प्रणिता चाम्लिङको सभापतित्वमा भएको कार्यक्रममा बिमोचित एल्बमको बारेमा बताउदै गीतकार भावेश भुमरीले साक्षात् एल्बम उचित मुल्यमा स्रष्टाहरुको समवेदना बुझेर काम गरेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै संगीतकार सन्तोश श्रेष्ठले एल्बममा सबैले मेहनत गरेका कारण यो एल्वम सफल हुने आसा व्याक्त गरे । त्यस्तै साहित्यकार नेत्र एटमले गीतमाथि समिक्षा गर्दै गीत पढ्दा असहज लागेका गीत पनि संगीतमा सुन्दा सहज र कर्ण प्रिय लाग्दा रहेको समिक्षा गरे ।
सुरप्रभा म्यूजिकले बजार प्रर्बदन गरेको साक्षत् एल्बमको गीतसंगीतको सम्पूर्ण संयोजन भने गीतकार भावेश भुमरीले गरेका हुन् । १६ गीत समावेश एल्बममा पद्मा लिँखा मगर, जीत कर्ण राई, डिबि राई, विकाश बिष्ट, निर्मला मादेन, अमृता मादेन, समिर आचार्य, भावेश भुमरी प्रणिता चाम्लिङ, सतिश त्रिपाठी, युवराज गुरुङ, लाल राना, लक्ष्मि राई ‘सरगम’ लागाएतका गीतकारका गीत समेटिएको छ । एल्बमको संगीत संतोष श्रेष्ठ, दिनेश सुब्बा, अविद, पविधन खालीङ, प्रदिप क्षेत्री, अविद, र रोशनराज गुरुङ लगायतले गरेका छन् । एल्बममा अन्जु पन्त, स्वरुपराज आचार्य, उदय सोताङ, रिमा गुरुङ, मेश सेवा, कर्म ग्याल्छेन, मेश सेवा, प्रमोद खरेल र बानिका प्रधानको स्वर समेटिएको छ ।

प्रतिक्रिया