Bisal Chautari Logo

खोटाङमा बजार मुल्य नपाएपछी कफीको नर्सरी खेति संकटमा

- १३ असार २०७१, शुक्रबार ०३:०० मा प्रकाशित


nepali Coffee – news khotang
भिम राई / विशाल चौतारी सम्बाददाता
खोटाङ, २०७१, असार १३, शुक्रवार । विदेशबाट फिरेपछि शुरुगरेको व्यवसायनै संकटमा परेपछि खोटाङका एक युवा संकटमा परेका छन् । साउदी अरबमा तीनवर्ष बसेर स्वदेश फर्केपछि शुरु गरेको कफिको नर्सरी व्यवसाय बजारको अभावले संकटमा परेपछि बाँझे च्यानडाँडाका चन्द्रबहादुर राईले समस्या झेल्नु परेको हो । वैदेशिक रोजगारबाट फिरेपछि आफ्नै देशमा केही गर्ने सोचका साथ बाझेच्यानडााडा १ सेखुवामा उनले सैसुला कफि नर्सरी खेती शुरुगरेका थिए ।nepali Coffee - news khotang
बजार मूल्य नपाएपछि कृषि नर्सरीमा उत्पादन हुने कफीको बिरुवा सुकेर खेर गइरहेको नर्सरी सञ्चालक चन्द्रकुमार राईले जनाएका छन् । राईले २०६७ सालमा सुरु गरेको कफी नर्सरीमा उत्पादन हुने अधिकांश कफीको बिरुवा हाल हुर्केर खेर गइरहेको छ । आम नागरिकमा कफिको महत्व तथा स्थानिय प्रशोधनको जानकारी नहादा कफिको विरुवा खरिद गर्ने चाहानानै नभएको उनले बताए । व्यवसायिक कफि खेतीको अवधारणा गााउ गााउ सम्म नभएकाले यस्तो समस्या झेल्नु परेको उनको गुनासो रहेको छ ।
यस वर्ष कृषि नर्सरीमा उत्पादन भएको ४० हजार भन्दा बढि कफीको बिरुवा हुर्केर सुकेर खेर गएको छ । स्थापनाकालमा प्रतिबोट २५ देखि ३० रुपैयाासम्ममा बिक्री हुादै आएको कफीको बिरुवा हाल १० देखि १५ रुपैयाामा पनि बिक्री हुन छाडेको राईको भनाई छ ।
कफीको बिरुवा बिक्री गरेरै मासिक २५ हजारसम्म कमाइ गरेका राईले पछिल्ला दिनमा मासिक चार–पााच हजार पनि आम्दानी हुन छाडेको बताएका छन् । काठमाण्डौंबाट कृषि प्राबिधिक ल्याएर माटो चेकजााच गराएर राजधानीबाटै कफीको बिउ ल्याएर एक लाख ५० हजारको लगानीमा गाउामै कफीको नर्सरी खेती सुरु गरेका थिए । प्लाष्टिकको टनेलभित्र ३० रोपनी जग्गामा करिब ३० हजार कफीको बिरुवा लगाएर सुरु गरिएको कफीको नर्सरी बिक्री गरेर सुरुका दिनमा राम्रो आम्दानी गर्दै आएका राईले पछिल्ला दिनमा सोचेजस्तो आम्दानी हुन छाडेको बताए ।
कृषि नर्सरीमा उत्पादन भएका कफीको बिरुवा जिल्ला बाहेक भोजपुरका केही गाबिसमा खपत हुने गरेको छ । बाादरले कफीको दाना खाइदिने गरेका कारण पनि बिरुवा उत्पादन व्यवसाय समस्या भएको राईको भनाई छ ।
प्राय: पकेट क्षेत्र भानिएका सबैजसो गाउामा कफीको बिरुवा पुगीसकेको र धेरथोर गाउा–गाउामै उत्पादन हुन थालेकाले राईको कफी नर्सरीको बिरुवाले बजार पाउन छाडेको स्थानियको भनाई छ । यद्धपी जिल्ला कृषि विकास कार्यालयले भने यसको सचित प्रवद्र्धन तथा वितरण गर्ने बारे खासै चासो नदेखाएको कृषकहरुको गुनासो छ । कफि खेतिको संभावना रहेको ठाउाहरुको पहिचान गरि व्यापक गर्नेहो कफि खेतिबाट राम्रो आम्दानी हुन सक्ने स्थानिय व्यक्तिहरुको भनाई छ ।

प्रतिक्रिया