Bisal Chautari Logo

प्रोमो रिलिजपछी अमेरिकामा ‘स्टुपिड मन’ प्रिमियर हुने

- ११ असार २०७१, बुधबार १५:३० मा प्रकाशित


“Stupid Mann” USA Premier
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार ११, बुधवार । चलचित्र ‘स्टुपिड मन’को गीत तथा प्रोमो सार्वजनिकपछी विदेशबाट डिमाण्ड आएपछी अमेरीकामा पहिलो चोटी प्रिमियर हुने भएको छ । ववेक शाहीसँग मिलेर मिस्टर नेपाल तथा अभिनेता निरज बरालले निर्माण गरेको लभ स्टोरी चलचित्र ‘स्टुपिड मन’को अमेरिकामा ग्राण्ड प्रिमियर हुने अभिनेता निरजले बताएका छन् ।Stupid Mann USA Premier
अगस्ट २ तारिखका दिन अमेरिकाको क्यालिफोनिर्यामा चलचित्रको प्रिमियर गरिने भएको छ । चलचित्रको गीत र प्रोमो सार्वजनिकपछी अन्य देशहरुबाट पनि प्रदर्शनका लागि डिमाण्ड आईरहेको अभिनेता निरजले बताए । त्यस्तै अमेरिकाको प्रिमियरपछी दोस्रो प्रिमियर सुटिङ गरिएको देश थाईल्याण्डमा गरिने निरजले बताए ।
अमेरिकाको प्रिमियरमा अभिनेता निरज स्वयंम उपस्थित हुनेछन् । अमेरिका प्रिमियरलाई युवराज कार्की, सुजित सिंह र नुरेन बरालले मिलाएका हुन् । भाद्र २० गते नेपालमा रिलिज हुने चलचित्रमा अभिनेता निरज बरालसंगै जीवन लुईटेल, चाँदनी शर्मा, रिजु श्रेष्ठ र माटिर्न खानको मुख्य भूमिका छ । दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र ‘स्टुपिड मन’को कथा सामीप्य तिमल्सेनाले लेखेका हुन् । अर्जुन पोखरेल र करनराज कार्कीको संगीत रहेको यो चलचित्रलाई संजय लामाले खिचेका हुन् ।

Starting: JEEVAN LUITEL,NIRAJ BARAL.CHADANI SHARMA,RITU SHRESTHA,MARTIN KHAN etc.
Lyrics: DAYARAM PANDAY,ARJUN POKHREL,DIWAKAR BHATTARAI,KIRAN RAJ KARKI
Background Music: TSUJIL KARMACHARYA
Music: ARJUN POKHREL
Editor: DIRGHA KHANAL
Screenplay:SAMIPYA RAJ TIMILSENA
Producer:BIBEK SHAHI
Direction:DIWAKAR BHATTARAI

प्रतिक्रिया