Bisal Chautari Logo

भ्यालेन्टाइन डे मा यसरी गर्नुस् प्रेमप्रस्ताव

- १ फाल्गुन २०७०, बिहीबार १६:३३ मा प्रकाशित


मोडल वाच
model : prashant tamang (indian idol, nepali acter)
model : harshika shrestha actress (actress)
फोटोग्राफर : राजिव श्रेष्ठ (फोटो बैंक, बागबजार)
उपहार  : तपाइ आफ्नी स्वप्नपरीलाई प्रपोज गर्ने तयारीमा हुनुहुन्छ भने सुरुमा कुनै उपहारको जोहो गर्न नबिर्सनुस् । उपहारले प्रेमप्रस्तावको माहोलमा सकारात्मक ऊर्जा थप्नेछ । औँठी, पुष्पगुच्छा, चकलेट वा उनलाई मन पर्ने जुनसुकै सामग्री उपहारका रपमा छनोट गर्न सक्नुहुनेछ ।
स्थान  : सकेसम्म त्यो स्थानमा प्रपोज गर्ने तारतम्मे मिलाउनुस्, जहाँ तपाईंले पहिलोचोटि उनलाई देख्नुभएको थियो । तपाईंहरबीच सम्बन्धको सुरुआती पृष्ठभूमि र त्यसप्रतिको आत्मीयता जगाउने सबैभन्दा उत्कृष्ट उपाय यही हो । अन्यथा कुनै पार्क वा होटलको रोमान्टिक वातावरणमा प्रपोज गर्नु सही विकल्प हुन सक्छ ।
उपयुक्त समय  : प्रस्ताव राख्न पनि उपयुक्त समय पर्खन जान्नुपर्छ । कुनै विशेष दिन भ्यालेन्टाइन डे, उनको जन्मदिन वा अर कुनै प्रेमिल समारोह रोज्न सक्नुहुनेछ ।
पर्याप्त पूर्वतयारी  : प्रस्ताव गर्न जानुअघि आफ्नो पहिरनमा पनि ध्यान दिनुस् । तपाईंको मुहार वा शरीर सुहाउँदो पहिरनले उनको मनमा सकारात्मक धारणा जगाइदिन्छ । सुगन्धदायी पफ्र्युम लगाउन नबिर्सनुस् । आफ्नो प्रस्तुति शैलीलाई यस्तो बनाउनुस्, उनलाई पनि कुनै विशेष मान्छेसँग भेटिरहेको अनुभूति होस् ।
इन्भाइट गर्नुस्  : उनलाई डिनर वा लन्चका लागि अफर गर्नु प्रस्तावको अर्को गतिलो उपाय हुन सक्छ । उनको इच्छाअनुसारका परिकार अर्डर गर्नुस् । उनलाई लाग्नेछ– तपाईं उनका चाहना र रुचिबारे कति धेरै सचेत हुनुहुँदो रहेछ ।
प्रस्ताव–पत्र  : सोझै मुखले भनेर प्रस्ताव गर्नुभन्दा ‘म तिमीलाई धेरै माया गर्छु, के तिमी मेरो जीवनसाथी बन्न सक्छयौ ?’ भन्ने आशयका वाक्यांश लेखिएको कार्ड दिँदा माहोल थप सहज बनिदिनेछ ।
विनयशीलता  : घुँडा टेकेर शिर निहुर्‍याउँदै उनलाई फूल, औँठी वा अन्य आकर्षक गहना पहिर्‍याइदिनु पनि प्रेमप्रस्तावको पुरानो तर उत्कृष्ट उपाय मानिन्छ । तपाईंको यस्तो विनयशीलताले प्रेमिकाको हृदयलाई पनि तपाईंप्रतिको मायामा कोमल बनाइदिन सक्छ ।
लङ ड्राइभ  : उनलाई कुनै लङ ड्राइभमा लैजानुस् । गाडीमा रोमान्टिक शैलीका गीत पनि बजाउन नबिर्सनुस् । माहोल रोमान्टिक हुन थालेपछि उनलाई आफ्ना भावनाहर सेयर गर्नुस् । उनीसँग बोल्दा तपाईंका हरेक शब्द आकर्षक हुन आवश्यक छ । नहडबडाइकन भन्नुस्–‘तिम्रो आगमनले मेरो जीवनलाई पूर्णता दिनेछ । म धन्य हुनेछु ।’
सप्रराइज  : प्राय : सबै केटी प्रेमीबाट सप्रराइजको अपेक्षा गरिरहेका हुन्छन् । तपाईंकी प्रेमिका पनि त्यस्तै स्वभावकी छन् भने यस्तो अवसरलाई भरपुर उपयोग गर्नुस् ।
नआत्तिनुस्  : प्रेमिकाका अगाडि कहिल्यै नहडबडाउनुस् । यस्तो स्वभावका केटालाई मन पराउने केटी संसारमा बिरलै होलान् । प्रस्ताव गर्दा हडबडाउन थाल्नुभयो भने अवस्था हाँसो उठ्दो बनिदिन्छ, तपाईंका प्रेमिल शब्दहरुले उनलाई नछुन सक्छन् । त्यसैले उनका अगाडि सकेसम्म साहसी बन्नुस् । ताकि उनलाई पनि महसुस् होस– ‘यो केटाले नै मलाई जीवनभर सबैखाले सुरक्षा दिन सक्छ ।’ एजेन्सीको सहयोगमा

प्रतिक्रिया