Bisal Chautari Logo

एसएलसीमा फेल भएपछि ३ जनाले आत्महत्या गरे

- ३१ जेष्ठ २०७१, शनिबार १३:३० मा प्रकाशित


commit suicide after failing SLC exams
विशाल चौतारी समाचार
बागलुङ, २०७१ जेठ, ३१ शनिवार । २०७० सालको एसएलसीमा फेल भएपछि तीनजना छात्राहरुले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बाग्लुङका एक र रुकुमका दुई छात्रा रहेका छन् । बागलुङकी एक छात्राले प्रवेशिका परीक्षामा अनुत्तीर्ण भएपछि आत्महत्या गरेकी छिन्।
बागलुङकी एक छात्राले प्रवेशिका परीक्षामा अनुत्तीर्ण भएपछि आत्महत्या गरेकी छिन् । जिल्लाको ग्वालीचौर गाविस–८ की १६ वर्षीया वसन्ती घिमिरेले शुक्रबार साँझ आत्महत्या गरेको प्रहरीले जनाएको छ । उता खार माध्यमिक विद्यालय ग्वालीचौरबाट प्रवेशिका परीक्षा दिएकी घिमिरे आफ्नै घरको माथिल्लो तलामा आत्महत्या गरेको अवस्थामा फेला परेकी खार प्रहरी चौकीका इञ्चार्ज विष्ण्ुाप्रसाद लम्सालले दिए ।commit suicide after failing SLC exams
त्यसैगरी रकुममा पनि सोचेअनुसार नतिजा नआएपछि यहाँकी एक छात्राले आत्महत्या गरेकी छिन् । रुकुमकोट–६ छिप्रिदहिककी १५ वर्षीया रक्षा श्रेष्ठले एसएलसी परीक्षाको नतिजा प्रकाशन भएको केही घन्टामै आत्महत्या गरेकी हुन् । सोह्र सय डायल गर्दा सिम्बोल नम्बर छैन भनेपछि उनले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेकी थिइन् । लामो समयसम्म छोरी कोठाबाट बाहिर नआएपछि बुबा सत्यप्रकाशले कोठामा हेर्दा छोरीलाई झुन्डिएको अवस्थामा भेटाएको स्थानीयले जानकारी दिएका छन् । रुक्मिणी उच्च मावि रुकुमकोटकी विद्यार्थी श्रेष्ठले जनता उच्च मावि पोखरा परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । यस्तै रुक्मिणी उच्च माविकी अर्की एक छात्राले पनि आज बिहान आत्महत्या गरेकी छिन् । खलङगा–८ रातामाटा घर भई रुकुमकोटस्थित मावलीमा बसेर पढ्दै गरेकी १५ वर्षीया गङगा थापाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । बिहान मकै गोड्न गएका बेला रक्षाको शव हेर्न गएकी थापा त्यसलगत्तै झुन्डिएकी जनाइएको छ । उनी झुन्डिएको ठाउँ नजिकै फेला परेको कागजमा ‘मलाई रक्षाले बोलाएकी छे म त्यतै गएँ’ भनेर लेखिएको जनाइएको छ । रासस

ad

प्रतिक्रिया