Bisal Chautari Logo

पहिलो चलचित्रबाटै मिलन क्लिक (पर्दा पछाडीका कुरा)

- २९ जेष्ठ २०७१, बिहीबार ०४:४२ मा प्रकाशित


Milan Chams
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ २९ बिहीवार । एउटा चलचित्र भित्रका पात्र तथा सिनेमासंग सम्वन्धित व्याक्तिहरु सफल हुनु भनेको एउटा निर्देशक सफल हुनु हो । पर्दा पछाडीका व्याक्तिहरुलाई खासै नआएपनि पहिलो सिनेमाबाटै सफलता पाएका निर्देशक हुन् मिलन चाम्स । Milan Chams (1)
करिव १०० भन्दा बढी म्युजिक भिडियोमा सफल निर्देशन गरिसकेका चाम्सले पहिलो चलचित्र ‘हसिया’बाट सफल्ता पाएका हुन् । केही समय अगाडी रिलिज भएको चलचित्र  ‘हसिया’पहिलो हप्ता नै करोड क्लवमा परेको थियो । चलचित्र राम्रो भएको र निर्देशक मिलन चाम्सको काम मनपरेको कुरा  कलाकार, व्यापारी, बैकर तथा दर्शकहरुले प्रतिकृया दिए । यति मात्र होइन, सफल बैंकर अनिल शाहले आफुले निर्माण गरे चलचित्रमा निर्देशक मिलन चाम्सलाई लिने बताएका थिए ।Milan Chams (2)
अभिनेता अनुप विक्रम शाही यहि चलचित्र ‘हसिया’ बाटै राम्रो कलाकारको रुपमा चिनिए । यस भन्दा अगाडी गरेका दुई चलचित्र ‘सौर्य’ र ‘द्रब्य’मा अभिनेताको रोलमा भएपनि खासै चर्चामा रहेका थिएनन् । तर चलचित्र ‘हसिया’मा भिलेनको रुपमा अभिनय गरेपनि उनको अभिनयको चर्चा राम्रो रर्‍यो ।
उता नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री हेमा श्रेष्ठको कामलाई सबैले तारिफ गरे । अभिनेत्री हेमाको चलचित्रमा सबैले मनपराएको पार्ट भने एक्सन रहेको थियो । उनलाई म्युजिक भिडियोमा स्थापित गराउनेपनि निर्देशक चाम्स नै हुन् ।
निर्देशक मिलन चाम्सले चलचित्र ‘हसिया’मा प्राय सबै नयाँ टिमसंग काम गरेका थिए । चलचित्रमा सबैभन्दा मनपराइएको पार्ट भनेको सिनेमाटोग्राफर । राम के.सीको कामलाई सबैले तारिफ गरेका थिए । उता फाइट डाइरेक्टर राज कुमार उप्रतीको अहिले यहि सफल्ताकै कारण सार्वधिक चर्चामा रहेका छन् । अभिनेता राजेश हमाललेपनि उनको कामको तारिफ गरेका थिए । चलचित्रका निर्माता दुर्गा घलेपनि एउटा राम्रो फिल्म मेकरको रुपमा यहि चलचित्रबाट परिचित भए ।
ad

प्रतिक्रिया