Bisal Chautari Logo

प्रियंकाले नचाइन् पुन्टे संयमलाई

- २१ जेष्ठ २०७१, बुधबार १२:५३ मा प्रकाशित


punte pared nepali movie – priyanka karki and samyam puri
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, २१ बुधबार । अभिनेत्री प्रियंका कार्की पछिल्लो समयमा भर्सक्ष्टाइलिस बन्न थालेकी छिन् । केही समय अगाडी प्रदर्शनमा आएको चलचित्र ‘आवरण’को शिर्ष गित गाएर चर्चामा आएकी अभिनेत्री प्रियंकाले श्रावन २ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पुन्टे परेड’को आइटम गीतमा कोरियोग्राफी गरेकी छिन । चलचित्र ‘मेरो बेस्ट फ्रेण्ड’ मार्फत सिने नगरीमा भित्रिएकी अभिनेत्री प्रियंकाले सो चलचित्रमा पनि आफैले कोरियोग्राफी गरेकी थिईन ।punte pared nepali movie - priyanka karki and samyam puri (1)
यसका साथै मिसन पैसा २ को पनि २ गीतमा अभिनेत्री प्रियंकाको कोरियोग्राफी देख्न सकिन्छ । punte pared nepali movie - priyanka karki and samyam puri (2)एक गीतमा उनि आफै नाचेकी छिन भने अर्को गितमा निशा अधिकारीलाई नचाएकी छिन । यस्तै क्रममा चलचित्र ‘पुन्टे परेड’मा कुल ३ गित समावेश छन् । जस मध्ये ‘कक्टेल जवानी’ बोलको आइटम गीतमा अभिनेत्री प्रियंकाको कोरियोग्राफी देख्न सकिन्छ । यसमा उनि आफै नाच्नुको साथै चलचित्रका अभिनेता संयम, निलु डोमा शेर्पा, रबिन्द्र खड्का लगायतलाई नृत्य गराएकी छिन ।
कमेडी मुभी ‘पुन्टे परेड’मा उनि बिशेष भूमिकामा देखा परेकी छिन । अभिनेत्री प्रियंकाले गाएको गित झैँ ‘पुन्टे परेड’को कोरियोग्राफी पनि चचिर्त हुने बिश्वास निर्देशक सुबास कोइरालाको रहेको छ ।
यसमा हरि महत संगै सुरज कोइराला र अनिल अधिकारीको पनि लगानी रहेको छ । चलचित्र ‘पुन्टे परेड’मा संयम पुरी, एन्जिला दाहाल, निलु डोमा शेर्पा, रबिन्द्र खड्का, गीता अधिकारि लगायतको मुख्य भूमिका रहेको छ । कथा निलु डोमा शेर्पाको रहेको छ भने पटकथा तथा सम्वाद शान बस्न्यातको रहेको छ ।

ads

 

प्रतिक्रिया