Bisal Chautari Logo

पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिने

- २२ भाद्र २०७९, बुधबार १६:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र २२ बुधबार ।
अभिनेता पल (पूर्णविक्रम) शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् । नाबालिकामाथि बलात्कारको मुद्दामा मंगलबार नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।

अदालतको पूर्णपाठ आउनै वित्तिकै पुनरावलोकन निवेदन दिने तयारीमा आफूहरु रहेको पलका वकिल कमलामोहन वाग्लेले जानकारी दिएका छन् । यसैबीच, तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृतिको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको छ ।

पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन् । तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए । प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरूद्ध पल शाह उच्च अदालत पोखरामा पुनरावेदन गराएका थिए । उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।

तनहुँ र नवलपुर दुवै जिल्ला अदालतमा गत वैशाखमा बकपत्र गर्दा पीडित नाबालिग र उनका बुवाले बयान फेरेका थिए । बकपत्रमा नाबालिगले आफूमाथि बलात्कार नभएको बताएकी थिइन् ।

VIDEO : Paul Shah ले बलात्कारको मुद्दामा सफाइ पाए || बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय || Bisalchautari TV News

प्रतिक्रिया