Bisal Chautari Logo

मेयर बालेनलाई प्रकाश हेर्न प्रदीपले कमेन्टबाटै दिए निमन्त्रणा

- १० भाद्र २०७९, शुक्रबार १९:४३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र १० शुक्रबार ।
आजबाट रिलिज भएको चलचित्र प्रकाश हेर्न अभिनेता प्रदीप खड्काले काठमाडौं महानगरका मेयर बालेन साहलाई निमन्त्रणा दिएका छन् । रुटिन अफ नेपाल बन्दले अगस्ट १४ का दिन पोस्ट गरेको एक स्ट्याटस सहित बालेनको तस्बिरमा प्रदीपले हल थिएटर वालाहरुसंग दुखेसो सहितको कमेन्ट गर्दै सिनेमा हेर्न निमन्त्रणा गरेका हुन् ।
रुटिन अफ नेपाल बन्दले बालेनको तस्बिर सहित लेखेको थियो ‘काठमाडौं महानगरका कर्मचारी र शिक्षकहरूलाई कुनै पनि राजनीतिक दलमा आबद्ध नहुन बालेनको निर्देशन ।’
सोही पोस्टमा अभिनेता प्रदीपले लेखेका छन्, ‘राजनिती र टिचर
प्रकाशको स्टोरी जस्तो लाग्यो त । अलि बिजि टाइम प¥यो यहि बेला तपाईको । त्यहि पनि फिल्म हेर्न निमन्त्रणा भयो मेयर सर । थिएटर वालाले धेरै दिन टिक्न देला जस्तो लागेको छैन । अलि छिट्टै टाइम मिलाउ बरु ।’
अभिनेता प्रदीपले मेयर बालेनलाई प्रकाश हेर्ने निमन्त्रणा दिएका छन् ।

काठमाडौं महागरपालिकाका मेयर बालेन शाह अहिले अवैध संरचनाहरु हटाउँने कार्यमा ब्यस्त रहेका छन् । उता प्रदीपपनि आफु अभिनित चलचित्र प्रकाश आजबाट रिलिजमा आएको तर हलले कम शो दिएको भन्दै रिपोटर्स क्लवमा आक्रोशित बनेका कारण चर्चामा छन् ।

प्रतिक्रिया