Bisal Chautari Logo

पल शाहको मुद्दामा आज नवलपुर जिल्ला अदालतमा सुनुवाइ हुँदै

- ८ भाद्र २०७९, बुधबार १५:५७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र ८ बुधबार ।
बलात्कार अभियोगपछि तनहुँ कारागारमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) को मुद्दाको बुधबार नवलपुर जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । अदालतको वेबसाइट अनुसार मुद्दाको पेशी न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको छ । तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणी विरुद्धको मुद्दाको पेशी तोकेको शाहको तर्फबाट कानुन व्यवसायी रहेका कमलमोहन वाग्लेले जानकारी दिए ।

पल केही महिना यता बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमै छन् । नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए । यसअघि थुनाबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरिदिएको थियो ।

प्रतिक्रिया