Bisal Chautari Logo

सुजन र सुनिताको स्वरमा ‘बाबरी’को गीत रिलिज || धिरज र अदितीको धमाकेदार ठुम्का

- २३ असार २०७९, बिहीबार २३:१८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ २३, बिहिवार ।
चलचित्र ‘बाबरी’को दोस्रो गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक गरिएको छ । बिहिबार केन्द्र मोशन पिक्चर्सको युट्युब च्यानलबाट गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई फिचर्ड गरिएको छ । उनिहरुको रोमान्टिक दृश्यसंगै धमाकेदार ठुम्कापनि यस गीतमा देख्न सकिनेछ ।
सोलो गीतहरुमा सफल्ताको स्वाद चाखिसकेका सर्जक सुजन चापागाईको संगीत तथा रविन्द्र लामिछानेको शब्द रचना रहेको गीतमा सुजन र सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । गीतको अडियो तथा भिडियो क्वालिटी उच्च देखिन्छ । सार्वजनिक गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी हेर्न पाइन्छ । बाबरी रंगले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि निर्माण टिम चलचित्रको सार्वजनिक यो गीतले दर्शकको मन जित्नेमा विश्वस्त देखिन्छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रलाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । चलचित्र आगामी भाद्र ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । चलचित्रमा धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
बाबरी फिल्मको प्रस्तुतीमा निर्माण भएको चलचित्रको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह–निर्माता रहेको सिनेमाको कथा निर्देशक पौडेलले नै लेखका हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।
चलचित्रको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । चलचित्रको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् । चलचित्र आगामी भाद्र ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया