Bisal Chautari Logo

पुष्प खड्का एस आई फिटनेशनको ब्रान्ड एम्ब्यासडर

- ८ असार २०७९, बुधबार १९:४८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ ८, बुधवार
। चर्चित अभिनेता पुष्प खड्का फिटनेशनमा पनि खुबै ध्यान दिन्छन् । पुष्पले चलचित्र ‘मारुनी’को छायांकनको समयदेखि मात्र आफूले फिटनेशनमा बढी ध्यान दिन थालेको बताएका छन् ।
आज बौद्धमा एक बर्ष अगाडि स्थापना भएको एस आई फिटनेशको ब्रान्ड एम्ब्यासडरमा नियुक्त भएपछि मिडियाकर्मीसँग कुरा गर्दै पुष्पले भने–‘हिजोआज जिम मेरा लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको छ । चलचित्र ‘एक्स ९’को लागि मैले ७–८ केजी तौल बढाएको थिएँ । तर, अहिले फेरि घटाउनु परेको छ ।’
पुष्पले नेपाली चलचित्र क्षेत्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सुशिल श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने बताए । उनले अगाडि भने–‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाईलाई देख्छु ।’
अभिनेता खड्काको क्रेज र जिम प्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्ब्यासडरमा नियुक्त गरेको एस आई फिटनेशनका संचालक कुमार स्याङ्बोले जानकारी दिए । उनले, अहिले फिटनेश सेन्टरमा ३ सय जना नियमित रुपमा जिम गर्न आउने गरेको बताए ।
कुमारले देशभर नै एस आई फिटनेशनको शाखा विस्तार गर्ने योजनामा आफू रहेको र चाडै नै महाराजगञ्जमा शाखा खोल्न लागेको समेत बताए ।

प्रतिक्रिया