Bisal Chautari Logo

छोराको कुटपिटबाट आमाको मृत्यु

- १ माघ २०७७, बिहीबार ०६:०२ मा प्रकाशित


रासस । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका तुम्कोटमा छोराको कुटपिटबाट आमाको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोट नेपाली टोलका विमल नेपालीको कुटपिटबाट हिरा कुमारी सार्कीको ज्यान गएको हो ।

गएराति मदिरा सेवन गरि आएका विमल नेपालीले खाना बनाउने सामान्य विषयमा विवाद आएपछि प्लाष्टिकको पाईपले आमा र बुवालाई कुटपिट गरेका हुन् । कुटपिटबाट ५५ वर्षकी हिरा कुमारी सार्कीको ज्यान गएको छ ।

कुटपिट गरि फरार भएका दोषिलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टमका लागि अर्घाखाँची अस्पतालमा पठाउन लागिएको वडा सदस्य लक्ष्मण पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया