Bisal Chautari Logo

माघ १ गते भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

- २४ पुष २०७७, शुक्रबार ०९:२० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७  पौष २४ शुक्रवार ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा सभालाई सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन्।

‘१४ तारिक (माघ १) मा परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ। त्यसबेला सुदुरपश्चिमका विभिन्न आयोजनाबारे कुराकानी हुनेछ,’ उनले भने ।

धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेशमा गरिने विकासका कार्यक्रमबारे बताएका थिए।

प्रतिक्रिया