Bisal Chautari Logo

जेफ बजोसलाई उछिन्दै एलन मस्क बने संसारकै धनाढ्य

- २४ पुष २०७७, शुक्रबार ०५:०७ मा प्रकाशित


एजेन्सि ।  टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क संसारका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् ।

उनले अमेजनका जेफ बेजोसलाई पछि पारेका छन् । एलन मस्कको कूल सम्पत्ति १८८ बिलियन अमेरिकी डलरभन्दा बढी भएको छ जुन अमेजनका संस्थापक जेफ बेजोसको कूल सम्पत्ति १८७ भन्दा एक बिलियन डलर बढी छ । टेस्लाको सेयर मूल्यमा निरन्तरको वृद्धिका कारण यस्तो भएको हो ।

इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका मालिक एलन मस्कले अमेजनका मालिक जेफ बेजोसलाई दोस्रो स्थानमा धकेलिदिएका छन् । ब्लूमबर्गको तर्फबाट जारी गरिएको अर्बपतिको सूचीमा ५ सय बढी अर्बपति समावेश छन् । बेजोस सन् पछिल्लो पटक सन् २०१७ मा संसारकै धनी व्यक्ति बनेका थिए ।

यो उपलब्धि हाँसिल गरेपछि मस्कले आफ्नो शैलीमा प्रतिक्रिया दिएका छन् । एक ट्वीटर प्रयोगकर्तालाई जवाफ दिँदै उनले टिप्पणी गरे, ‘कति अचम्मका कुरा ।’

संसारका लागि सन् २०२० जस्तोसुकै रहेपनि एलन मस्कका लागि पछिल्लो १२ महिना निकै शानदार रह्यो । लगभग २७ बिलियन अमेरिकी डलरसहित सन् २०२० को सुरुवात गरेका मस्कले आफ्नो सम्पत्तिमा १५० बिलियन वृद्धि गर्न सफल भएका छन् ।

प्रतिक्रिया