Bisal Chautari Logo

मेस्सीले सिजनको अन्त्यसम्म अन्य क्लबमा कुरा नगर्ने

- १३ पुष २०७७, सोमबार ०५:०५ मा प्रकाशित


ऐजेन्सि । बार्सिलोनाका कप्तान लिओनल मेस्सीले जारी सिजनको अन्त्यसम्म अन्य कुनै पनि क्लबमा कुरा नगर्ने बताएका छन् । क्याटलान क्लबसँग मेसीको सम्झौता २०२०/२१ को सिजनको अन्त्यमा सकिँदैछ ।

मेस्सीले बार्सिलोना आफ्नो जीवन रहेको र उत्कृष्ट तरिकाले क्लब छाड् चाहेको समेत बताएका छन् ।बार्सिलोनामा सम्झौता सकिएपछि मेस्सी कता जान्छन् वा त्यहीँ बस्छन् भन्ने अहिले सर्वाधिक चासोको विषय बनेको छ ।

मेस्सीको स्तातरणतरणको कुनै सम्भावनाको बारेमा थाहा पाउनस कम्तीमा सिजनको अन्त्यसम्म कुर्नुपर्नेछ ।

‘यो वर्षको अन्त्यसम्म मसँग केही कुरा स्पष्ट छैन । म सिजनको अन्त्यको लागि कुर्नेछु,’ मेस्सीले ला सेक्टासँगको अन्तरवार्तामा भनेका छन् , ‘महत्वपूर्ण कुरा भनेको टिमको बारेमा सोच्नु, वर्ष समाप्त गर्नु, ट्रफी जितन प्रयास गर्नु हो र अन्य चीजहरूबाट अलमलिनु हुँदैन ।’

मेस्सीले पछि के हुन्छ थाहा नभएको बताए । ‘मलाई के हुँदैछ थाहा छैन, म हामीसँग के छ त्यसमा केन्द्रित गर्दैछु, र अबको ६ महिनामा के गर्न सकिन्छ भन्नेमा केन्द्रित छ । म वर्ष कसरी अन्त्य हुन्छ भनेर सोच्दिन किनकी अहिले यो कुरा भन्नु मेरो लागि राम्रो हुने छैन किनकी मलाई थाहा छैन,’ मेसीले भने, ‘मलाई थाहा छैन यदी म छोड्ने छु कि छाड्दिन भने । यदि मैले छाडे भने म उत्तम तरिकाले छोड्न चाहान्छु ।’

मेसीले क्लब छाडेपछि आफू फेरि फर्कन चाहने बताए । ‘सँधै काल्पनिक कुरा गर्दा, म केही समयपछि क्लबमा फर्कन चाहन्छु । म बार्लोना शहरमा फर्किन चाहन्छु, क्लबमा काम गर्न, योगदान दिन चाहन्छु,’ मेसीले भने, ‘बार्सिलोना कुनै पनि खेलाडीभन्दा ठूलो छ, निश्चयन नै मभन्दा पनि माथि छ । र मलाई आशा छ कि जो अध्यक्ष आउँछ उसले महत्वपूर्ण उपाधि फेरि जित्न हामीलाई सहयोग गर्छन् ।’

मेस्सीले ला सेक्टासँगको अन्तर्वार्तामा क्लबको भविष्यदेखि महामारी प्रशिक्षक यस सिजन बार्सिलोनाको संघर्षलगायत बारेमा कुरा गरेका छन् ।

मेस्सी बार्सिलोना आफ्नो जीवन रहेको समेत बताएका छन् । ‘बार्सिलोना मेरो जीवन हो । बार्सा र बार्सिलोनालाई म माया गर्छु । मैले सधैँ यस क्लबका लागि सबै दिन्छु,’ मेसीले भने, ‘मैले यो सर्टको लागि सबै कुरा महसुस गरेँ। बार्सिलोना मेरो जीवन हो। म क्लब र सहर दुवैमा हुर्केको थिएँ । मैले यहाँ सबै कुरा सिकेँ। क्लबले मलाई सबै कुरा दियो, मलाई एक फुटबलरको रूपमा र एक व्यक्तिगत रूपमा प्रशिक्षण दियो । बार्सा यो सहरसंग मेरो प्रेम सम्बन्ध छ ।’

प्रतिक्रिया