Bisal Chautari Logo

फिफा विश्वकपको लागि युरोपियन छनोटको ड्र सार्वजनिक

- २३ मंसिर २०७७, मंगलवार ०५:३७ मा प्रकाशित


एजेन्सि । सन् २०२२ मा कतारमा हुने विश्वकपको लागि युरोपियन छनोटको ड्र सार्वजनिक गरिएको छ । जसमा विश्वकपको साविक विजेता फ्रान्सले छनोटको समूहमा युक्रेन, फिनल्याण्ड लगायत देशसँग खेल्नेछ ।

सोमबार राति स्वीट्जरल्याण्डको ज्युरिखमा गरिएको भर्चुल माध्यमबाट ड्र गरिएको छ ।

जसमा युरोपका ५५ देशलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । ५ समूहमा ५-५ देश समावेश छन् भने ५ समूहमा ६-६ देश समावेश गरिएको छ । सन् २०२१ को युइएफए नेसन्स लिगको फाइनल्सका लागि छनोट भइसकेका बेल्जियम, फ्रान्स, इटली र स्पेनको समूहमा ५-५ टिम राख्ने पहिले नै तय भइसकेको थियो ।

सन् २०२१ को मार्चदेखि युरोपियन क्षेत्रको छनोट चरणका खेलहरु सुरु हुनेछन् । प्रत्येक समूहको विजेता सीधै विश्वकपमा छनोट हुनेछ भने बाँकी ३ टिम प्लेअफ मार्फत कतार विश्वकपमा पुग्नेछन् ।

साविक विजेता फ्रान्सले समूह डीमा युक्रेन, फिनल्याण्ड, बोस्निया हर्जगोभिना र कजाखस्तानसँग खेल्नेछ ।

कुन समूहमा कुन देश ?

समूह ‘ए’ : पोर्चुगल, सर्बिया, रिपब्लिक आयरल्यान्ड, लक्जेम्बर्ग, अजरबैजान

समूह ‘बी’ : स्पेन, स्विडेन, ग्रिस, जर्जिया, कोसोभो

समूह ‘सी’ : इटाली, स्विट्जरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया, लिथुवानिया

समूह ‘डी’ : फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया हर्जगोभिना, कजाखस्तान

समूह ‘ई’ : बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस, इस्टोनिया

समूह ‘एफ’ : डेनमार्क, अस्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारोइ आइल्यान्ड्स, माल्दोभा

समूह ‘जी’ : नेदरल्यान्ड्स,टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया, जिब्राल्टार

समूह ‘एच’ : क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभानिया, साइप्रस, माल्टा

समूह ‘आई’ : इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा, सान मारिनो

समूह ‘जे’ : जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया, लिचेन्स्टाइन

प्रतिक्रिया