Bisal Chautari Logo

अमेरिकामा ‘नेपाल फिल्म सोसाइटी’, अध्यक्षमा नवराज श्रेष्ठ

- १८ मंसिर २०७७, बिहीबार ०६:०९ मा प्रकाशित


काठमाडौं :  नेपाल फिल्म सोसाइटीको अमेरिका शाखा गठन भएको छ। कोलोराडो डेनभर अमेरिका निवासी नायक, निर्माता नवराज श्रेष्ठको अध्यक्षतामा १३ सदस्यसहित कार्यसमिति गठन भएको हो।

विश्वभर रहेका नेपाली फिल्मकर्मीहरूलाई एकवद्ध गर्न साथै अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उदेश्यले अमेरिका शाखा गठन गरिएको केन्द्रिय अध्यक्ष कृष्ण मल्लले बताए। भने,’निकट भविष्यमा अन्य मुलुकहरुमा समेत नेपाल फिल्म सोसाइटीको शाखा बिस्तार गरिँदैछ।’

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा एभरेष्ट सुर्य बोहोरा, प्रथम उपाध्यक्षमा विक्रान्त बस्नेत न्युयोर्क, द्वितीय उपाध्यक्ष दिनेश कार्की, सचिव हरि उप्रेती, सह-सचिव राजकुमार काफ्ले, कोषाध्यक्ष डिपी शर्मा, महिला संयोजक डा. रानी शाक्य, सदस्यहरु कृष्ण सुनार, रायन रेज, शंकरराज वाग्ले, नरमान राई र किकी शर्मा रहेका छन्। त्यस्तै सल्लाहाकारहरूमा प्रेमराजा महत, बिलोल पोखरेल, मुकुन्द ढुंगाना, नारायण पुरी, सुजन कुमार श्रेष्ठ, ऋषि ढकाल र हेमन्त श्रेष्ठ रहेका छन्।

अमेरिका शाखा गठन भएसँगै आगामी दिनमा नेपाल फिल्म क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन लागि पर्ने र नेपाली फिल्मकर्मीको श्रीवृद्धीमा आफ्नो योगदान रहने नवनियुक्त अध्यक्ष नवराज श्रेष्ठले बताएका छन्।

प्रतिक्रिया