Bisal Chautari Logo

कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

- १५ मंसिर २०७७, सोमबार ०६:०६ मा प्रकाशित


विशाल चौतारी समाचार
कैलाली , २०७७ मंसिर १५ सोमवार ।
 कैलालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका-४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

मङ्सिर ८ गते श्वासप्रश्वास सम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना भएको पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
उनको अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया