Bisal Chautari Logo

मोरङको उर्लाबारीबाट ३ लाख २५ हजार रुपैयाँसहित ७ जुवाडे पक्राउ

- १२ मंसिर २०७७, शुक्रबार ०५:२२ मा प्रकाशित


विशाल चौतारी समाचार
मोरङ , २०७७ मंसिर १२ शुक्रवार ।
मोरङको उर्लाबारी नगरपालिका– ९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ ६ बजे ३ लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका– ९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लाबारी नगरपालिका– ८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लाबारी नगरपालिका– ३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका– ५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेका छन् ।

पक्राउ परेका सातै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

प्रतिक्रिया