Bisal Chautari Logo

प्रधानमन्त्री ओली पूर्वको भ्रमणमा

- ८ मंसिर २०७७, सोमबार ०५:०९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर ८ सोमवार।
प्रधानमन्त्री केपी शर्मा ओली आज पूर्वको भ्रमणमा गएका छन् । प्रधानमन्त्री ओली प्रदेश १ का दुई जिल्ला ताप्लेजुङ र इलाममा हुने कार्यक्रममा सहभागि हुनेछन् ।

प्रधानमन्त्री ओलीले ताप्लेजुङमा एउटा स्वास्थ्य चौकीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हेलीकोप्टरमार्फत घुन्सा जान लागेका प्रधानमन्त्री ओली इलाम पुग्नेछन् ।

प्रधानमन्त्रीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षण र घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए । फक्ताङलुङ गाउँपालिक–६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा गरिँदै छ ।

प्रधानमन्त्री ओलीले इलामको सन्दकपुरमा सिमा सुरक्षामा खटिएको सशष्त्र प्रहरीको बोर्डर आउट पोष्टको निरिक्षण गर्ने कार्यक्रम छ ।

दोस्रो पटक मिगौंला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओली प्रदेश १ को भ्रमणमा निस्किएको यो दोस्रो पटक हो । यसअघि ओली संखुवासभाको भ्रमणमा गएका थिए ।

प्रधानमन्त्री यो क्षेत्रमा मंसिर ५ गते नै आउने कार्यक्रम थियो । पार्टीको आन्तरिक विवादका कारण उक्त कार्यक्रम मंसिर २ गते स्थगित भयो । आजको कार्यक्रम मंसिर ५ गते तय गरिएको हो ।

प्रतिक्रिया