Bisal Chautari Logo

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

- २९ कार्तिक २०७७, शनिबार ०४:४४ मा प्रकाशित


विशाल चौतारी समाचार
कैलाली, कार्तिक २९ शनिवार ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१६ का ४० वर्षीय संक्रमित पुरुषको शनिवार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

मृतक संक्रमितमा ब्लड क्यान्सरको समस्यासमेत रहेको चिकित्सकहरुले बताएका छन् । कोरोना संक्रमण पुष्टि भए पछि २३ कार्तिकमा उनी अस्पताल भर्ना भएका थिए। मृतकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ।

प्रतिक्रिया