Bisal Chautari Logo

कोरोना संक्रमित महिलाको हेलिकोप्टरबाट उद्धार

- २४ कार्तिक २०७७, सोमबार ०६:२१ मा प्रकाशित


विशाल चौतारी समाचार
बागलुङ, कार्तिक २४ सोमवार । धौलागिरी अस्पताल बागलुङमा उपचाररत एक कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बागलुङ नगरपालिका–४ कि ५४ वर्षीया महिलालाई स्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो ।

उनलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता धौलागिरी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो। उनलाई अस्पतालमा अक्सिजन दिँइदै आइएको थियो ।

तर, समस्या थप जटिल बन्न सक्ने भन्दै परिवारले काठमाडौंको हेम्स अस्पताल लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया