Bisal Chautari Logo

साहित्यकार ‘अमर’ को “दर्शन” सार्वजनिक

- २८ आश्विन २०७७, बुधबार ०९:५९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को नयाँ दर्शन भजन सार्वजनिक भएको छ ।

साहित्यकार अमरको २६ औं कृति दर्शन एल्बमको राजधानीमा एक समारोह बीच सार्वजनिक भएको हो । महामारी कोरोना रोगले विशाल रूप लिंदै गर्दा सामाजिक दुरी कायम गर्दै कृति सार्वजनिक गरिएको सहित्यकार महर्जनले बताए ।

नयाँ एल्बमा गीतकार सुरेन्द्र महर्जन र सुर्यकमल राईको स्वर दिएका छन् । एल्बममा संगित भने राम कार्की र सुर्यकमल राईको रहेको छ।

भजनहरूको एरेन्जर पनि राम कार्की र संजय हमालको रहेको छ । दर्शन भजनको एल्बम सार्वजनिक भगवान भक्ति बास्तबमा महाशक्ति भएको बताउदै दुखमा, सुखमा होस् या हरेक मंगल कार्यमा भगवानको पूजा आरधना गर्दा मान्छेको मनमा शान्ति मिल्न सहयोग पुग्ने अमरको भनाई छ ।

शान्ति प्राप्त गर्नु नै ईश्वर साथमा पाउनु हो । मान्छेहरू सबै आ–आफ्नो धर्म अनुसार भगवानको पूजा गर्छन् अनि भक्ति गर्छन् । भजनमा लिन हुन्दा दुस्ख, पीडा हराउने गरेको उनको दावी रहेको छ ।

ओएसनेपालको प्रस्तुति रहेकोे दर्शन एल्बम कार्यक्रम ओएसनेपालका विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा पत्रकारहरू राजाराम फुँयाल, तुल्सी गिरी, गीता अधिकारी, राजु श्रेष्ठ ले मन्तव्य व्यक्त गरेको थियो । कार्यक्रम दिप गुरुङबाट संचालन गरिएको थियो ।

प्रतिक्रिया