Bisal Chautari Logo

राजेश हमाल र वर्षाले कम्मर मर्काएको ‘मन्जरी’ सार्वजनिक(भिडियो)

- २७ आश्विन २०७७, मंगलवार ०७:२१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २७ मंगलवार । महानायक राजेश हमाल अभिनीति म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार युट्युबमा सार्वजनिक गरिएको ‘मन्जरी’ बोलको लोक दोहोरी गीतमा देवी घर्ती र प्रकाश परौलीको स्वर रहेको छ । नवराज पन्तको शब्द रचना रहेको गीतमा गायक प्रकाशकै सङ्गीत रहेको छ । गीत विश्वास नेपालले एरेन्ज गरेका हुन् भने एचबिएन किस्मतले मिक्सिङ गरेका हुन् । अभिनेता हमालले लामो समय पछि अभिनय गरेको यस लोक दोहोरी भिडियोमा हमालका साथमा अभिनेत्री वर्षा सिवाकोटी र प्रकाश सपुतको पनि अभिनय रहेको छ । प्रकाश जिसीले निर्माण गरेको भिडियो निर्देशन देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् ।

गीत हेर्नुस् :

भिडियोमा अभिनेता हमाल, वर्षा र प्रकाशले कम्मर मर्काएका छन् जुन दर्शकले निकै प्रतीक्षा गरेका थिए । मौसम हिमालीले यि दुईलाई नचाएका हुन् । भिडियो कारण चैसिरले खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् । गीतको अडियो तथा भिडियो निकै सुन्दर बनेको छ ।

Bishal Chautari TV

प्रतिक्रिया