Bisal Chautari Logo

सुनसरी, मकवानपुर र चितवनमा थप ४१४ जनामा कोरोना संक्रमणको पुष्टि

- २७ आश्विन २०७७, मंगलवार ०४:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २७ मंगलवार ।  चितवन, मकवानपुर र सुनसरीमा गरी थप ४१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्याव र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जना संक्रमित थपिएका हुन्।

प्रयोगशालाका अनुसार थपिएका संक्रमितमा चितवनका ७२ जना छन् । यस्तै नवलपुर र मकवानपुरका ५/५, काठमाडौं, भक्तपुर, नुवाकोट, काभ्रे,गोरखा, लमजुङ, उदयपुर, झापा, सर्लाही र नवलपरासीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्।

किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा २ सय ९६ जनाको स्वाब परीक्षण गर्दा ७७ जना पुरुष र ४८ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमितमध्ये हेटौंडा उपमहानगरपालिकाका १ सय ७, बागमती गाउँपालिकाका १४, मकवानपुरगढी गाउँपालिकाका एक र जिल्ला बाहिरका ३ जना रहेका छन् ।

धरानमा थप १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइमा १९० जना र ९३ जनाको बीपी प्रतिस्ठानमा गरिएको स्बाव परीक्षणका क्रममा थप १९७ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्फा एकेडेमीमा स्वाब लिइएकाहरूमध्ये १०४ जनामा संक्रमण देखिएको छ । जसमा ३ जनाले पुनः परीक्षण गराएका थिए ।

थप १ सय ९७ संक्रमित भएसँगै धरानमा कोरोना संक्रमितको संख्या १ हजार ३७९ पुगेको छ ।

 

Bisalchautari TV

प्रतिक्रिया