Bisal Chautari Logo

गोंगबुको एक होटलमा महानगरको छापा, नक्कली मह बनाउने १२ जना प्रहरिको नियन्त्रनमा

- २६ आश्विन २०७७, सोमबार ०५:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २६ सोमवार । 
काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी वृत गोंगबुले नयाँ नयाँ बसपार्कस्थित एक होटलमा छापा मारी नक्कली मह बनाउने गिरोहलाई समातेको छ।

सोमबार बिहान महानगरपालिको बजार अनुगमन टोलीले बसपार्कस्थित होटल रेड डाइमण्ड पर्वतको तीनवटा कोठामा चिनी पानी पकाएको खुदोलाई मह भनी राखिएको अवस्थामा भेटाएको हो। महानगरपालिकाका अनुसन्धान अधिकृत र प्रहरीले होटल मालिकलाई सोधपुछ गरिरहेका छन् भने १२ जनालाई नियन्त्रणमा लिएको छ।

अनुगमन टोलीमा रहेका उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाका अनुसार चिनी पानी (खुदो) लाई मह भनी बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। अहिले अनुसन्धान चलिरहेकाले विस्तृत विवरण भने आउन बाँकी रहेको तिमल्सिनाले बताए।

प्रतिक्रिया