Bisal Chautari Logo

दिपेन्द्रको निर्देशनमा दुई चलचित्र ‘चिसो मान्छे र लकडाउन’ बन्ने

- १५ श्रावण २०७७, बिहीबार १४:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन १५ बिहिवार । निर्देशक दिपेन्द्र के खनालले दुई नयाँ चलचित्रको निर्देशन गर्ने तयारी थालेका छन् । दिपेन्द्रको निर्देशनमा बन्न लागेका २ चलचित्रमा क्रमशः ‘लकडाउन र चिसो मान्छे’ राखिएको छ । दुबै चलचित्रको नाम आज चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।
यी दुबै चलचित्रलाई सामाजिक कथावस्तुमा बनाउने तयारी गरिएको छ । चलचित्र ‘आमा’ बनाएको यो टिमले दर्शकको चाहना अनुसार चलचित्र बनाउने बताउँदै आएको छ ।
निर्मात्री शर्मिला पाण्डेका अनुसार, ‘चिसो मान्छे’को छायांकन पहिला हुनेछ । सरकारले छायांकनका लागि अनुमती दिएसँगै छायांकन प्रारम्भ गरिने शर्मिलाले बताइन् ।

प्रतिक्रिया