Bisal Chautari Logo

रायमाझि परिवारको ‘नक्कले भिनाजु–४ भिनाजुको छडके ताल’ तिज गीत ट्रेन्डिङ १ मा

- १५ श्रावण २०७७, बिहीबार ०२:२७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन १५ बिहिबार । रायमाझी परिवारको ‘नक्कले भिनाजु–४ भिनाजुको छडके ताल’ तिज गीत ट्रेन्डिङ १ मा परेको छ । ऋषि धमलाको अन्तर्वार्ता र दुर्गेश थापाको गीतलाई उछिन्दै युट्युवको ट्रेन्डिङ १ मा पर्न सफल भएको हो ।
नेपाली लोक संगीत क्षेत्रमा कडा सङ्घर्ष गर्दै आएका रायमाझी परिवारको तीज गीत नक्कले भिनाजुको १ र २ र ३ पनि दर्शकहरुले अत्याधिक रुचाइदिएका थिए । ‘भिनाजुको छडके ताल’ तीज गीतमा विशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वरमा रहेको छ । बिशाल रायमाझीको शब्द र संगीत रहेको छ । गीतमा कमल सौरागले एरेन्ज गरेका छन् ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्ष्यित गरी बनाइएको सार्वजनिक म्युजिक भिडियालाई ६ दिनमा गीत ११ लाख भन्दा बढि दर्शकहरुले हेरिसकेका छन् ।

यहि गीत संग सम्वन्धित रहेर हामिले गरेको कुराकानी हेर्नुहोला :-

‘नक्कले भिनाजु ४ – भिनाजुको छडके ताल’ तीज गीतलाई कमेडी शैलीमा भिडियोपनि बनाइएको छ । राजकुमार मगरको निर्देशन र सम्पादन रहेको उक्त गितको छायांकन सागर गौतमले गरेका हुन । म्युजिक भिडियोमा एलिना रायमाझी अभिषेक श्रेष्ठलाई फिचर गरिएको छ, भने हरिमाया रायमाझी, गौरव श्रेष्ठ, शंकर पुरी, बिनय गुरुङ, रामहरी पोखरेल, सृजन खनाल र साबि थापाको पनि अभिनय रहेको छ । नेपाली गीत संगीतको लागी रायमाझी परिवार निकै भाग्यमानी परिवार मानिन्छन्, किनभने उनिहरुको प्राय गीतहरु ट्रेन्डिङमा पनि पर्ने गरेको छ ।

गीत हेर्नुहोला :-

प्रतिक्रिया