विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ १३ शनिवार । टिकटकमा रुचाइएकी बालिका अकेशा पोख्रेलले म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । ‘नाम मेरो लाली’ बोलको बाल गीतमा अकेशाको अभिनय छ । तृसा केसीको निर्देशनमा बनेको बाल गीतको भिडियो सार्वजनिक भैसकेको छ ।
बाल गीतमा अम्बिका गुरुङको शब्द र रविना बसेलको स्वर छ । गीतमा राजन कार्कीको कम्पोज तथा एरेन्ज छ । भिडियोमा सन्देश शर्माको छायांकन र प्रवेश सिंहको सम्पादन छ । पहिलो पटक म्युजिक भिडियो निर्देशन गरेकी तृसा केसीले गीतको मर्म अनुसार भिडियो तयार गरेको बताइन् ।
प्रतिक्रिया