Bisal Chautari Logo

एलिजा गौतम र दुर्गेश थापा म्युजिक भिडियो खेल्दै

- १३ असार २०७७, शनिबार ०६:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ १३ शनिवार । अभिनेत्रि एलिजा गौतम अब म्युजिक भिडियोमा पनि डेब्यु गर्ने भएकी छिन । केहि समय अगाडी चलचित्रबाट डेब्यु गरेकी एलिजा गौतम अब पहिलो म्युजिक भिडियोमा देखिने भएकी छिन । पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र त्यस्तै यो बेला सबैको मन जितेकी गायिका समिक्षा अधिकारीले आवाज दिने गीतमा मोटो रकम लिएर म्युजिक भिडियो खेल्ने निर्णय गरेकी हुन् ।
श्रोतको भनाइ अनुसार एलिजाले पहिलो म्युजिक भिडियो २ लाख रुपैंया लिएर गर्न लागिए हो । युटुबमा चलचित्र अनुरागलाइ सर्बाधिक हेरिए संगै उनको लागि म्युजिक भिडियोमा धेरै माग आउन थालेको थियो । म्युजिक भिडियोको अवासर आउदा पनि उनले आफुलाई केहि समय भने पर्दामा आउन नचाहेको बताउदै आएकी थिईन । केहि तयारीको साथ आफुलाई म्युजिक भिडियोमा पनि प्रस्तुत गर्न सक्ने भए संगै उनले गीतमा पनि खेल्ने निर्णय गरेको श्रोतले जानकारी दिएको छ ।
एलिजाले खेल्ने गीतमा पुरुष मोडल भने सबैले मन पराएका चर्चित मोडल दुर्गेश थापा रहेका छन । दुर्गेश थापाले पनि सहजै आफु एलिजा संग म्युजिक भिडियो खेल्न तयार रहेको भने संगै सहमति भएको थियो । गीतको संगीत भने पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल चर्चित सर्जक खेम सेन्चुरीले गरेका हुन । गीत शुभारम्भ डिजिटलले बजारमा ल्याउने बताईएको छ । अधिकांश चर्चित गीतका नृत्य निर्देशक शिब बिकले निर्देशन गर्ने गीत केहि सातामै बजारमा आउने भएको छ ।

प्रतिक्रिया