Bisal Chautari Logo

उत्तमको संगीतमा प्रविशा अधिकारीको ‘अर्को जन्म’ सार्वजनिक (भिडियो सहित )

- ११ असार २०७७, बिहीबार ०७:५८ मा प्रकाशित


ARKO JANMA- Official Music Video 2020 | Prabisha Adhikari
विशाल चौतारी समाचार
काठमाडौ, २०७७ आषाढ ११ बिहिवार ।
गायिका प्रविशा अधिकारीको आवाजमा ‘अर्को जन्म’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा कमला गजमेरको शब्द रहेको छ भने संगीत संयोजन उत्तम राईको रहेको छ । गीतलाई पदम राजन मगरले एरेन्ज गरेका हुन् । सङ्गीतकार उत्तम राईको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा गायिका अधिकारी नै फिचर्ड छिन् । हरविन भट्टको निर्देशनमा बनेको भिडियोलाई दिन्सोन शाहले सम्पादन गरेका हुन् । पछिल्लो समय गायन र मोडलिङ दुबैमा राम्रो जमेकी प्रविशा लकडाउनका बेलामा पनि निरन्तर गायनमा अगाडी बढिरहेकी छिन् । अर्को जुनीमा होइन यसै जुनीमा चोखो माया देऊ र भौतिक सुख होइन माया र साथ नै ठुलो हुने भन्ने भावको प्रेमिल गीत निकै सुमधुर रहेको छ ।

प्रतिक्रिया