Bisal Chautari Logo

बसन्त र समिक्षाको ‘छायाँ वरको’ नयाँ गीत सार्वजनिक (भिडियोे सहित)

- ८ असार २०७७, सोमबार १४:५२ मा प्रकाशित


samikshaya adhikari and basanta sapkota new song
विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असार ८ सोमबार ।
लोकप्रिय संगीतकार बसन्त सापकोटाको नयाँ गीत सार्वजनिक भएको छ । ‘छायाँ वरको’ बोलको गीतको म्युजिक भिडियो बसन्त सापकोटाको अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको हो ।

गीतमा संगीतकार सापकोटासंगै समिक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । गीतको शब्द पनि संगीतकार स्ययमंले लेखेका हुन् । देवेन्द्र नेवा गीतका एरेन्जर हुन् ।
भिडियोमा गायिका समिक्षा अधिकारी र अर्जुन गौतमको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । सन्तोष राज बहकले कोरियोग्राफी गरेको भिडियोका निर्देशक पनि ज्ञानेन्द्र शर्मानै हुन् ।
संगीतकार बसन्त सापकोटा नेपाली सिनेमा क्षेत्रका निकै चर्चित संगीतकार हुन् । उनले नेपाली चलचित्रमा प्राश्व संगीत दिएका सयौँ हिट गीतहरु छन् । पछिल्लो समय संगीतकार सापकोटाले आवाज दिएका गीतहरु पनि दर्शक श्रोतामाझ लोकप्रिय छन् ।

प्रतिक्रिया