Bisal Chautari Logo

रँग पत्रकार अनिलको ‘लभ पोइन्ट’मा छुवाछुत बिरुद्धको आवाज (भिडियो सहित)

- ८ असार २०७७, सोमबार १५:०१ मा प्रकाशित


Anil Gurung and Alina Rayamajhi love point
विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असार ८ सोमबार ।
रँग पत्रकार अनिल गुरुङको नयाँ वेभ सिरिज ‘लभ प्वाईन्ट’ सार्वजनिक भएको छ । गुरुङले आफ्नै लेखन र निर्माणमा यो रिलिज तयार गरेका छन् ।
पछिल्लो समय नेपालका विभिन्न ठाउ समाजमा प्रेमको नाममा हुने गरेको जातिय विभेद यस नयाँ वेभ सिरिजमा देखाउन खोजिएको छ । यो सिरिजमा रँग पत्रकार अनिलले तल्लो जातीको एक प्रेमिको भूमिका निभाएका छन् । उनको प्रेमिकाको रुपमा नायिका एलिना रायमाझीले काम गरेकी छिन् ।

यस सिरिजको विषयमा बोल्दै अनिनले भने ‘हाम्रो समाजमा बढ्दै गएकोले यो सिरिज छुवाछुत बिरुद्धको आवाजपनि हो ।’

‘लभ प्वाईन्ट’ हेनुहोस् :-

नमस्ते अनलाईन टिभीको प्रस्तुति रहेको वेभ सिरिज लभ प्वाईन्टको निर्देशन आरजे प्रणवले गरेका छन् । जसमा नबिन बाबु गुरुङको छायाँकन, तुलसी बाँस्कोटाको सम्पादन रहेको छ । यसमा अनिल र एलिनासँगै बिशाल रायमाझी तथा शायना जिसीसहितको मुख्य भूमिका छ ।

प्रतिक्रिया