milan chams – new movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असार ८ सोमबार । निर्देशक तथा निर्माता मिलन चाम्सले लकडाउन खुलेको दुई महिनापछि नयाँ चलचित्रको छायांकन सुरु गर्ने भएका छन् । खासमा उनी यसै वर्षबाट आफ्नो ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ को छायांकन थाल्ने तयारीमा थिए । तर, कोरोनाले यो चलचित्रको छायांकन अर्को वर्षलाई पोस्टपोन्ड भएको छ । यो बीचमा उनले नयाँ चलचित्र बनाउन लागेका हुन् ।
केही दिनदेखि चलचित्रको छायांकनका लागि लोकेशन खोज्दै हिँडेका निर्देशक चाम्सले कोरोनाका कारण अस्तव्यस्त भएको चलचित्र क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन र फिल्मकर्मीको मनोबल बढाउन आफूले नयाँ चलचित्र निर्माण गर्न लागेको बताए । नेपालको चितवन र दमौलीमा चलचित्रको छायांकन हुने उनको भनाई छ । चलचित्रको केही प्रतिशत छायांकन मलेशियामा पनि हुनेछ ।
चल्तीका कलाकारलाई लिएर चलचित्र बनाउने गरेका निर्देशक चाम्स यो चलचित्रमा नयाँ कलाकारलाई अवसर लिँदैछन् । चलचित्रका लागि केही कलाकार छनौट समेत भइसकेका छन् । चलचित्रको कथा मिलन चाम्स र गिरीराज घिमिरेले मिलेर लेखिरहेका छन् । चलचित्रको नाम गोप्य राखिएको छ । चाम्स भन्छन्, ‘चलचित्र क्षेत्र चलायमान बनाउनका लागि मैले यो चलचित्र निर्माण गर्न लागेको हुँ ।’
प्रतिक्रिया