Bisal Chautari Logo

अर्जुनको संगीतमा कृष्ण, बुद्ध, अस्मिता र समिक्षाको ‘मैले बोलेको छैन’ गीत रिलिज (भिडियो सहित)

- ७ असार २०७७, आईतवार १५:११ मा प्रकाशित


Arjun Pokharel music song maile boleko chhaina Asmita Adhikari, Samikshya Adhikari, Krishna Kafle, Buddha Lama
विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असार ७ आइतबार ।
‘मैले बोलेको छैन ढाँटेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कृष्ण काफ्ले, बुद्ध तामा, अस्मिता अधिकारी र समिक्षा अधिकारीको संयूक्त गायन रहेको गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ । लोक शैलीको रोमान्टिक गीतको भिडियोमा गायकरगायिका स्वयं फिचर्ड छन् ।

विधान कार्कीको निर्देशन रहेको गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा गायक किरण भुजेल अतिथी भूमिकामा देखिएका छन् । निर्देशक कार्कीले गीतको भाव अनुसार भिडियो तयार पारेको बताए । युवापुस्ताका दर्शक तथा स्रोतलाई गीत मनपर्ने विश्वास संगीतकार पोखरेलको छ ।

भिडियो हेर्नुहोस्

समिक्षा अधिकारीसंग गरिएको कुराकानी हेर्नुहोस्

अस्मिता अधिकारीसंग गरिएको कुराकानी हेर्नुहोस्

बुद्ध लामासंग गरिएको कुराकानी हेर्नुहोस्

प्रतिक्रिया