Bisal Chautari Logo

एकै परिवारका चार दिदी भाईले गाएको पहिलो मौलिक असारे गित ‘पातली नानी’ सार्बजनिक (भिडियो सहित)

- २ असार २०७७, मंगलवार १५:१४ मा प्रकाशित


Patali Nani song
विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असार २ मंगलबार ।
पहिलो पटक एकै परिवारका चार दिदि भाईले गाएको पहिलो मौलिक असारे गित ‘पातली नानी’ सार्बजनिक भएको छ ।

रायमाझी परिवारका चार दिदि भाईले गाएको पहिलो मौलिक असारे गित ,मा नायिका तथा मोडल एलिना रायमाझीले पनि पहिलो पटक आवाज दिएकी छिन् । हुनत नेपाली गीत संगीत क्षेत्रमा रायमाझी परिवारका गायक बिशाल रायमाझी, हरिमाया माया रायमाझी तथा गायिका सर्मिला रायमाझी कुनै नौलो नाम होइन । नेपाली गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

नायिका एलिना रायमाझीले भने पहिलो पटक गीत गएकी हुन् । उक्त गीतमा शब्द तथा लय संकलन रायमाझी परिवारका आमा पार्वती रायमाझी र बाबा हिरा बहादुर रायमाझीले गरेका छन्, भने उक्त गीतको संगीत संयोजन बिस्वाश नेपालीको रहेको छ । मारुनी डिजिटलमा रेकडिङ्ग गरिएको हो भने उक्त भिडियोको छायाकन तथा सम्पादन राज कुमार मगरले गरेका छन् ।
पहिलो पटक रायमाझी परिवारका चार दिदि भाईले गायको पहिलो मौलिक असारे गितलाई पनि बिगतका गीत संगीतलाई जस्तै माया गरिदिनु हुन्छ भन्ने बिस्वाश रहेको उनिहरुले बताए ।

प्रतिक्रिया