Bisal Chautari Logo

‘प्रेम गीत ३’को पहिलो गीत सार्वजनिक||प्रदीप र क्रिस्टिना फिचर्ड (भिडियो सहित)

- २१ माघ २०७६, मंगलवार १२:०१ मा प्रकाशित


PREM GEET 3 Movie Song || Pradeep Khadka, Kristina Gurung
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ २१
मंगलवार । यस वर्षको बहु प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को ‘हात्ती ढुङ्गामा’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा लगायत फिचर्ड छन् ।

सागर आले र मेलिना राईको स्वरमा रहेको गीत हर्क साउदले लेखेका हुन भने गीतमा सङ्गीत कल्याण सिंहले भरेका हुन् । गीत तामाङ सेलो फ्लेभरमा रहेको छ । सार्वजनिक गीत ले चलचित्रको हाइप बढाउनेमा निर्माण पक्ष आशावादी रहेको छ ।

भिडियो हेर्नुहोस :

सार्वजनिक गीतको भिडियोलाई कबिराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । आगामी चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्रमा अभिनेता प्रदीप खड्का, नव-अभिनेत्री क्रिस्टिना गुरुङ, सुनिल थापा, प्रेम पुरी, लक्ष्मी बर्देवा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको अभिनय रहनेछ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रमा छेतन गुरुङ र सन्तोष सेनको सयुक्त निर्देशन रहेको छ । चलचित्रमा सन्तोष सेनले लगानी गरेका हुन् । राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रलाई बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया