Wilson Bikram Rai, Alisha Rai || Rajesh Payal Rai, Tara
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ २० सोमवार । गायिका तारा नुमिहाङ्ग् बान्तावा राईको ‘सोल्टिनी बिनाको साकेला’ गित सार्बजनिक भएको छ । गायिका राईलाई राजेशपायल राईले साथ दिएका छन् । भिडियोमा मोडलको रुपमा हास्य कलाकार विल्शन बिक्रम राई तथा एलिशा राईलाई देख्न सकिनेछ ।
स्वर्गीय अर्जुन खालिङ्ग राईको शब्द तथा आशुतोष राईको संगीत, शोक लोहोरुङ राईको संगीतसंयोजन रहेको गितको भिडीयोमा हराउदै गएको साकेला नृत्यलाई देखाउन खोजिएको छ। भिडियोलाई कलाकार विल्शन बिक्रम राइले निर्देशन गरेका हुन् । उनले गायक राजेशपायाल राईलाइ पनि नचाएका छन् । साथै भिडियोमा बिक्रम धिमाल, सुजन राई, पुजन राई लगायातले फिचर्ड गरेकाछन् । भिडियोमा राजिव कुमारको कोरियोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ भने बिक्रम डिसीले छायाङ्कन गरेका छन् ।
सानैदेखि गायनमा रुचिराख्ने गायिका तारा बान्तावा भोजपुरको आम्तेकमा जन्मिएकी हुन्। बिद्यालय स्तरमा हुने हरेक कार्यक्रममा गित गाएर सबैको मन जित्ने गरेकी ताराले आरआर क्याम्पसबाट संगीत बिषय लिएर अध्ययन गर्नु भएको थियो भने ललितकला क्याम्पसबाट संगीतमै ब्याचलर सम्मको अध्ययन गर्नुभएको थियो । उहाको हालसम्म आधुनिक गीति(संग्रह ‘मनको राजा, र पुर्बेली लोकगीति संग्रह ‘के हो घराना ‘ एल्बम सार्बजनिक छन् । हालसम्म २५ भन्दा धेरै गीतमा स्वर दिई सक्नुभएकी गायिका ताराले यस गितबाट आफु धेरै आशाबादी रहेको बताईन ।
किराती संस्कारलाई झल्काउने “सोल्टिनी बिनाको साकेला” लाई भने गायिका तथा मोडल यसोदा खालिङ्ग राइले निर्माण गरेकी हुन ।
प्रतिक्रिया