Bisal Chautari Logo

पुजा र आकाशको सहकार्यमा चलचित्र ‘मन परेसी’ शुभमुर्हुत

- १७ माघ २०७६, शुक्रबार ०६:४३ मा प्रकाशित


Pooja sharma and aakash Shrestha- Movie ‘man paresi’
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ १७ शुक्रबार ।
अभिनेत्रि पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनयमा बन्न लागेको चलचित्र ‘मन परेसी’को घोषणासँगै शुभमुर्हत गरिएको छ । श्रीपञ्चमी अथवा सरस्वती पूजाको अवसर पारेर विहिबार राजधानीको भद्रकाली मन्दिरमा चलचित्र युनिटको उपस्थितिमा मुहुर्त गरिएको हो ।

आइतबारबाट छायांकनमा जाने चलचित्रमा पूजा र आकाशसँगै रविन्द्र झा, बुद्दि तामाङ, शिशिर राणा, किरण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, मोनालिसा खतिवडालगायतका कलाकारको अभिनय रहनेछ । प्रस्तुतकर्ता रघु परियार, लेखक तथा निर्देशक रुपेश थिङ्ग तामाङ्ग र वितरक करण श्रेष्ठ सहित युनिटको उपस्थिति रहेको थियो । लभ स्टोरी एक्सन जनरामा निर्माण हुने चलचित्र अगामी वर्षको तीजमा रिलिज हुने बताइएको छ ।
‘रामकहानी’ बाट सुरु भएको पुजा र आकाशको सहकार्य ‘पोइ पर्यो काले’, ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना बिर्सना’ हुँदै ‘मन परेसी’ सम्म आइपुगेको हो
मिडिया एण्ड मुभिज प्रालि र जुना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्रमा हरी घले लामाको छायांकन, राजु तामाङको द्वन्द्ध, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ।
रघु परियारको प्रस्तुति रहने चलचित्रमा अमृत थिङ तामाङ कार्यकारी निर्माता, दिनेश शाहीरचक्र पाख्रिन तामाङ निर्माता र भुवनराज जोशीरकृष्ण परियाररज्ञानु प्रसाद खनालरप्रेमबहादुर घर्ति सह-निर्माता हुनेछन् ।

प्रतिक्रिया