nepali movie Sanglo ||Ft-Biraj Bhatta,nikita chandak
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर ८ आइतवार । एक्सन किङ बिराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’को नयाँ प्रर्दशन मिति तय भएको छ । यो चलचित्रको अफिसयल पोस्टर सार्वजनिक गर्दै माघ २४ गते प्रर्दशन मिति तोकिएको हो ।
यसअघि ९ फागुनलाई रिलिज डेट तय गरेपनि निर्माण पक्षले ‘साङ्लो’लाई दुई हप्ता अगाडि नै प्रदर्शन गर्न लागेका हुन् । आफ्नो निर्देशकीय डेब्यु चलचित्र माघ २४ मा अवश्य आउने अभिनेता भट्टले जानकारी दिए ।
बिराज मात्र फिचर्ड अघिल्लो पोस्टर सार्वजनिक गरेपनि यसपटक मुख्य अभिनेत्री निकिता चाण्डकलाई पोस्टरमा स्थान दिइएको छ । पोस्टरमा दुवै कलाकारको रोमान्टिक मूड समेटिएको छ ।
चलचित्रको पहिलो गीत यसै विहिबार सार्वजनिक गरिदैछ । विराजको आफ्नै लगानीमा निर्मित चलचित्रमा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारको पनि अभिनय छ ।
चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ ।
प्रतिक्रिया