Bisal Chautari Logo

चलचित्र ‘सरौतो’को गीत सार्वजनिक || सुमी र सन्नीको रोमान्स (भिडियो सहित)

- ७ मंसिर २०७६, शनिबार १२:५३ मा प्रकाशित


Yo Juni Song || New Nepali Movie SARAUTO Song
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर ७ शनिवार ।
हरी हुमागाईंको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘सरौतो’को ‘यो जुनी’ बोलको गीत सार्वजनिक भएको छ । हरी हुमागाईंले कोरियोग्राफी गरेको रोमान्टिक गीतमा सुमी मोक्तान र सन्नी सिंह फिर्चड छन् । कमल खत्री र श्रेया सोताङको स्वर रहेको गीतमा शब्द तथा संगीत गायक खत्रीकै रहेको छ ।

यो चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा, लियो ट्यांक, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा रिभेन्जको कथा देखाइएको छ । चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहनेछ । यसलाई काठमाडौं, सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको चलचित्रलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

प्रतिक्रिया