Bisal Chautari Logo

पल र पूजा ‘म यस्तो गीत गाउँछु २’को गीत सुटिङमा रोमान्टिक बन्दा

- १ मंसिर २०७६, आईतवार १३:१७ मा प्रकाशित


ma yesto geet gauchu 2
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर १ आइतवार ।
पल शाह र पूजा शर्मा स्टारर चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो झलक सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘तिम्रो घरको वरिपरी’ बोलको गीतको छायांकन सकिएसँगै पल र पूजाको लुक्स सार्वजनिक भएको हो ।

चलचित्रमा मुख्य रुपमा समावेश हुने यो गीतको भिडियो एक साता लगाएर छायाँकन गरिएको निर्देशक सुदर्शन थापाले बताए । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गीतको सुटिङ गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ ।

यो गीतका लागि मात्र करिब ५ सय कोरसलाई समावेश गरिएको निर्देशक थापाले जानकारी दिए । रामजी लामिछानेले यो गीतको कोरियोग्राफीे गरेका छन् । चलचित्रका छायांकार सौरभ लामा हुन् । चलचित्रमा पल र पूजासँगै दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रलाई शिवम् अधिकारीले लेखेका हुन् ।

‘म यस्तो गीत गाउँछु’ को सफलतापछि सुदर्शन थापा र पूजा शर्माले ‘म यस्तो गीत गाउँछु २’ निर्माण गरेका हुन् । चलचित्रमा पल र पूजाको जोडी दोहोरिएको छ । म यस्तो गीत गाउँछु मा हरेक गीतहरु सुपरहिट भएका थिए ।
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुनको २३ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । ‘म यस्तो गीत गाउँछु २’ को छायाँकन दुई सातामा सकिने निर्देशक तथा निर्माता थापाको भनाई छ ।

प्रतिक्रिया