Bisal Chautari Logo

चलचित्र ‘ब्ल्याक बोर्ड’ निर्माणको घोषणा

- ८ कार्तिक २०७६, शुक्रबार १५:२० मा प्रकाशित


black board nepali movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक ८ शुक्रवार ।
सुलेमान शंकर (इकु)को निर्देशनमा नेपाली कथानक चलचित्र ‘ब्ल्याक बोर्ड’ निर्माणको घोषणा गरिएको छ । शुक्रबार, भरतपुरको धावन रिक्रयशन सेन्टरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माणको जानकारी गराइएको हो ।

चलचित्र ‘ब्ल्याक बोर्ड’ मा बाल मनोविज्ञानमा आधारित रहेर निर्माण गर्न लागिएको चलचित्रमा नेपाली समाजमा अभिभावकहरुले आफ्ना सन्तानहरुको हेरविचार गर्न नसक्दा उत्पन्न हुने असर र समाधानका उपायहरुको खोजी गरिने निर्देशक सुलेमान शंकर (इकु)ले बताए । सुलेमान शंकर (इकु) यसै चलचित्र मार्फत पहिलो पटक चलचित्र निर्देशन गर्दैछन् । चलचित्र ब्ल्याक बोर्डमा सरोज खनाल, निर्मल शर्मा (गैंडा), सुलेमान शंकर (इकु), शिशिर भण्डारी, अंशु न्यौपाने, भेषराज गौतम साथै बाल कलाकार दिक्पाल गौतम, जेनिश थपलिया, रक्षा कंडेल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
सम्मान इन्टरटेनमेन्ट र एस.एम.एस फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रमा अर्जुन सापकोटा र सर्वाणि पाण्डे प्रस्तुतकर्ता रहेका छन् । चलचित्र ब्ल्याक बोर्डको कथा किरण माईकल घिमिरे र सुदिप आत्रेय लेखेका हुन् भने क्रियटिभ हेडको जिम्मेवारी सशान कंडेलले सम्हालेका छन्।
जनक थपलिया र रविन लिवाङ कार्यकारी निर्माता रहेको चलचित्रमा सम्मान कंडेल, निरभिङण घिमिरे, सुरेश कंडेल र सरला पाण्डे निर्माता रहेका छन भने सह–निर्मातामा प्रकाश लामा, विशाल पौडेल र प्रियान्स कंडेल रहेका छन । चलचित्रमा किरण माइकल घिमिरेको संगित रहनेछ ।
एक महिनापछि छायांकन सुरु हुने चलचित्रको ९० प्रतिशत अंश चितवन÷नवलपरासीमा हुने र बाँकी १० प्रतिशत अंश काठमाडौँमा हुने निर्माण पक्षले जानकारी दिएको छ । सुरुवाती समयमा विभिन्न शैक्षिक संस्था र विदेशमा च्यारिटी शो पश्चात चलचित्र हलहरुमा प्रदर्शन हुने निर्माण युनिटले बताएको छ ।

प्रतिक्रिया