Bisal Chautari Logo

चलचित्र ‘घामड शेरे’ रिलिज हुने नयाँ डेट, कार्तिक २२ मा सार्वजनिक

- ८ कार्तिक २०७६, शुक्रबार १४:०० मा प्रकाशित


“Ghamad Shere” Movie Song | Nischal Basnet
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक ८ शुक्रवार ।
कार्तिक ८ गतेबाट रिलिज हुने चलचित्र ‘घामड शेरे’को प्रदर्शन स्थगित भएको छ । अब यो चलचित्र कार्तिक २२ मा रिलिज हुनेछ । रिलिजको दुई दिन अगाडी प्रदर्शन स्थगित हुनुको कारण, विदेशी चलचित्रको चेपुवालाई मानिएको छ ।

बुधबार मल्टीप्लेक्समा खोलिएका अग्रिम बुकिङमा ‘घामड शेरे’लाई अत्याधिक कम शोज दिएपछि निर्माण पक्ष चलचित्र प्रदर्शन नगर्ने निर्णयमा पुगेको हो । वितरक कम्पनि स्टेशन ५ भन्छ, ‘नेपालको प्रतिक्षित चलचित्रलाई मल्टीप्लेक्सले अत्याधिक कम शोज निकाल्यो । उता विदेशी चलचित्रको शोज संख्या उच्च छ । यसले हामीलाई न्याय भएन । त्यसैले रिलिज स्थगित गरेका हौँ । अब चलचित्र कार्तिक २२ मा रिलिज हुनेछ ।
उत्साहित स्टेशन ५ ले ‘घामड शेरे’बाट ठुलो अपेक्षा बोकेको थियो । तर, निर्धारण गरिएको शोजले अपेक्षासँग मेल नखाँदा चलचित्र सार्नु परेको उसको भनाई छ ।

प्रतिक्रिया