Pooja Sharma & Aakash Shrestha
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक ८ शुक्रवार । नेपालि दर्शकहरुले अत्याधिक रुचाएको चर्चित जोडी अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको सहकार्यमा चौथो चलचित्र ‘सम्झना बिर्सना’ निर्माण हुने भएको छ । यसअघि ‘रामकहानी’मा बाँधिएको यो जोडीले ‘सम्हालिन्छ कहिले मन’ र ‘पोइ पर्यो काले’मा अभिनय गरिसकेको छ ।
पुजा र आकाश अभिनित ‘पोइ पर्याे काले’ कार्तिक ८ गते आजबाट प्रर्दशनमा आएको छ । यो चलचित्र प्रर्दशनीमा आएकै दिन उनीहरुले ‘सम्झना बिर्सना’को शुभ-मुर्हुत गरेका छन् । राजधानी स्थित भद्रकाली मन्दिरमा चलचित्रको शुभ-मुर्हुत गरिएको हो ।
प्रेम कथामा तयार पारिने चलचित्रमा पुजा र आकाशको मुख्य भुमिका रहने छ । चलचित्रको मुहूर्त समारोहमा अभिनेत्री पूजाले ‘सम्झना बिर्सना’ को कथावस्तु मन परेर काम गर्न राजी भएको बताइन् । चौथो पटक आकाशसँग काम गर्न पाउँदा खुसी महशुस भएको उनको भनाई छ । अभिनेता आकाश पनि बलियो कथाका कारण चलचित्र गर्न लागेको बताए ।
दार्जि्लिङ, सिक्किम र नेपालमा खिचिने चलचित्रलाई निमेष प्रधानले निर्देशन गर्नेछन् । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने चलचित्रमा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ । तिहारपछि छायांकन सुरु हुने चलचित्रलाई शिव ढकालले खिच्नेछन् । आदित्य फिल्मसको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो ।
प्रतिक्रिया