Bisal Chautari Logo

चलचित्र ‘जस्मिन’को फस्टलुक पोस्टर सार्वजनिक

- ८ कार्तिक २०७६, शुक्रबार १२:३८ मा प्रकाशित


jasmine nepali movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक ८ शुक्रवार ।
प्रेमकथानक चलचित्र ‘जस्मिन’को फस्टलूक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टरमा अभिनेता आर्यन अधिकारी फिचर्ड छन् ।

एउटा संघर्षरत संगीतप्रेमीको जर्नीमा आधारित चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । एक अन्जान पात्रले उक्त संगीतप्रेमीलाई कतिसम्म निःस्वार्थ सहयोग गर्छ भन्ने, चलचित्रको केन्द्रिय द्वन्द्व हो । यस चलचित्रमा आर्यन अधिकारी, अशिष्मा नकर्मी, के.के अधिकारी, सेविका प्याकुरेल, रुपा राना, अभय बराल, नविन लम्साल, एलिशा शर्मा, विशाल पहाडी, कृष्ण खनाल, मिना बानियाँ र बाल कलाकार श्रवणी थापाको अभिनय रहेको छ ।
मेनका फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा किरण घिमिरे (माइकल)को लेखन, अष्ट महर्जनको द्वन्द्व, मित्र डी गुरुङको सम्पादन र कोसिस क्षेत्री कल्याण सिंहएलिश कार्की किरण घिमिरेको सङ्गीत छ । सिनेमाको ७५ प्रतिशत छायाङ्कन नेपालमा गरिएको छ भने बाँकी २५ प्रतिशत चाइनामा खिचिनेछ । यस चलचित्रको रिलिज डेट भने तोकिएको छैन ।

प्रतिक्रिया